दफा १२
निवेदन दिनु पर्ने
(१) दफा ३ बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले यस ऐन बमोजिमको सामाजिक सुरक्षा भत्ता पाउनको लागि सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ।
तर आफैँले निवेदन दिन नसक्ने व्यक्तिको तर्फबाट निजको संरक्षक, माथवर वा स्याहारसुसार गर्ने व्यक्तिले निवेदन दिन सक्नेछ।
(२) दफा ९ बमोजिम बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ताको लागि उपदफा (१) बमोजिम निवेदन दिँदा जन्मदर्ता गरेको अभिलेखको प्रमाण समेत पेश गर्नु पर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएमा स्थानीय तहले सात दिनभित्र आवश्यक कारबाही गरी निर्णय गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम कारबाही गर्दा सामाजिक सुरक्षा भत्ता पाउने नदेखिएमा कारण खुलाई सोको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।
(५) उपदफा (१) बमोजिमको निवेदनको ढाँचा तथा संलग्न गर्नुपर्ने कागजात तोकिए बमोजिम हुनेछ।
(६) यस दफा बमोजिम सामाजिक सुरक्षा भत्ता लिन नचाहने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी सम्बन्धित स्थानीय तहमा जानकारी गराउनु पर्नेछ।
(७) उपदफा (६) बमोजिम कुनै नागरिकले सामाजिक सुरक्षा भत्ता लिन नचाहेमा सम्बन्धित स्थानीय तहले सोको अभिलेख राखी त्यस्तो व्यक्तिलाई सम्मान गर्नु पर्नेछ ।